अन्तर्राष्ट्रिय |

दुबईका युवराज र अमेरिकी विदेशमन्त्रीबीच कुराकानी

अबुधावी, भदौ १० गते। दुबईका युवराज मोहम्मद बिन जायद अल नह्यान र अमेरिकी विदेश मन्त्री माइक पोम्पेओ बीच टेलिफोनमा कुराकानी भएको छ । युएई सैनिकको उप सर्वोच्च कमाण्डर समेत रहनुभएका नह्यानसँग अमेरिकी विदेश मन्त्रीले दुई देशको आपसी सम्बन्ध र सहकार्यका बारेमा कुराकानी गर्नुभएको हो ।
टेलिफोनमा भएको कुराकानीका क्रममा उहाँहरूका बीचमा साझा चासो र सरोकारका विषयमा छलफल भएको जनाइएको छ । साथै धेरै राष्ट्रिय तथा अन्तराष्ट्रिय मुद्दामा पनि उहाँहरूका बीचमा छलफल भएको अधिकारीहरूले जनाएका छन् ।
त्यसैगरी दुबई र इजरायलका बीचमा सम्बन्ध सुधार्ने प्रयासका रुपमा पनि यो कुराकानीलाई उपयोग गरिएको थियो । त्यस क्षेत्रमा शान्ति र स्थिरता कायम गर्न योगदान गर्ने र आधार तयार पार्ने विषयमा पनि उहाँहरूले कुराकानी गर्नुभएको जनाएको छ ।
दुई नेताले गल्फ कोअपरेसन काउन्सिल र मध्यपूर्व क्षेत्रमा कोरोनाले पारेको असरका बारेमा पनि समीक्षा र चर्चा गर्नुभएको थियो । उहाँहरूले यस क्षेत्रमा शान्ति र स्थायित्वका लागि आआफ्नो तर्फबाट प्रयास जारी राख्ने अठोट पनि व्यक्त गर्नुभएको छ ।