अन्तर्राष्ट्रिय |

भारतमा एकैदिन ७६ हजार सङ्क्रमित, एक हजार २३ जनाको मृत्यु

नयाँदिल्ली, भदौ ११ गते । भारतमा एकैदिन अहिलेसम्मको सबैभन्दा धेरै झण्डै ७६ हजार सङ्क्रमित भेटिएका छन् । भारतमा पछिल्लो चौबीस घण्टामा थपिएका सङ्क्रमित कुनै राष्ट्रमा चौबीस घण्टामा थपिएका अहिलेसम्मकै उच्च सङ्ख्या हो ।
भारतीय सञ्चारमाध्यमहरूका अनुसार पछिल्लो २४ घण्टामा भारतमा ७५ हजार ७६० जना सङ्क्रमित भएका छन् । भारतमा कुल सङ्क्रमितको सङ्ख्या ३३ लाख १० हजार २३५ पुगेको छ ।
कोरोनाभाइरसबाट भारतमा कुल ६० हजार ४७२ जनाको मृत्यु भएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले उल्लेख गरेको छ । पछिल्लो चौबीस घण्टामा एक हजार २३ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको हो ।
कुल सङ्क्रमितमध्ये सात लाख २५ हजार ९९१ जनामा भाइरसको सङ्क्रमण अझै सक्रिय रहेको छ ।
भारतमा कोरोनाभाइरसबाट सङ्क्रमित भएर पनि सङ्क्रणमुक्त भएकाहरूको सङ्ख्या २५ लाख २३ हजार ७७२ छ ।