अन्तर्राष्ट्रिय |

चीनमा कोरोनासँग सम्बन्धित अपराधमा संलग्न करिब छ हजारमाथि मुद्दा

गोरखापत्र अनलाइन
काठमाडौँ, भदौ १५ गते । चीनमा कोरोनाभाइरससँग सम्बन्धित अपराधमा संलग्न पाँच हजार आठ सय व्यक्तिलाई नियन्त्रणमा लिई मुद्दा चलाइएको छ । अभियोजनकर्ताको कार्यालयका अनुसार स्वास्थ्य कार्यकर्ताको हत्या, दोषपूर्ण मेडिकल उपकरणको बिक्री र यात्रा वृत्तान्तबारे गलत जानकारी दिनेमाथि मुद्दा चलाइएको छ ।
भारतीय सञ्चारमाध्यम टाइम्स अफ इन्डियाको अनलाइन संस्करणका अनुसार सुपरमार्केटमा सामान खरिद गर्न पुगेका एक ग्राहकले मास्क लगाउन आग्रह गर्दा मृत्यु नहुञ्जेलसम्म कुटपिट गरेको साहुमाथि समेत मुद्दा चलाइएको छ । एकजना व्यक्तिले आफ्नो कारमुनि एक जना स्वास्थ्यकर्मीलाई किचेको घटनाका अभियुक्तमाथि समेत मुद्दा चलाइएको छ ।
अभियोजनकर्ताको कार्यालय अनुसार जनवरी महिनादेखि जुलाईसम्म पाँच हजार ७९७ जनालाई नियन्त्रणमा लिइएको छ । छ हजार ७५५ जनामाथि मुद्दा चलाइएको छ । चीनले कठोरतापूर्वक सतर्कताका उपायहरू अपनाएर कोभिड–१९ को सङ्क्रमण नियन्त्रणमा सफल भएको हो ।
गत डिसेम्बर २०१९ मा चीनको वुहान शहरमा पहिलोपटक कोभिड–१९ को सङ्क्रमित फेला परेको थियो ।