अन्तर्राष्ट्रिय |

भारत कोरोनाबाट दोस्रो सबैभन्दा बढी प्रभावित राष्ट्र बन्यो

गोरखापत्र अनलाइन
काठमाडौं, भदौ २२ गते । भारतमा एकैदिनमा ९० हजारभन्दा बढी कोभिड–१९ सङ्क्रमितको पुष्टि भएको छ । थपिएका सङ्क्रमितसँगै भारत कोभिड–१९ बाट दोस्रो सबैभन्दा बढी प्रभाबित राष्ट्र बनेको छ । अमेरिकामा सबैभन्दा बढी सङ्क्रमित दत्र्ता गरिएको छ । भारतमा ४२ लाख चार हजार ६१३ जना कुल सङ्क्रमित पुगेको छ । कोभिड–१९ को सङ्क्रमणबाट भारतमा ७१ ह्जार ६४२ जनाको मृत्यु भएको छ । अमेरिका र ब्राजिलपछि कोरोनाभाइरसबाट सबैभन्दा बढी भारतमा मृत्यु भएको हो ।
भारतमा पछिल्ला दिनहरुमा कुल सङ्क्रमितको अधिकांश पाँच राज्यका छन् । भारतले प्रतिबन्ध खुकुलो गरेसँगै सङ्क्रमित हुनेको संख्या दिनहुँ बढ्दै गएको छ । गत् मार्च महिनामा कोभिड–१९ को सङ्क्रमित पुष्टि भएपछि लकडाउन घोषणा गरिदा लाखौं ब्यक्ति बेरोजगार भएका थिए । अर्थतन्त्रलाई चलायमान बनाउन करिब ४५ दिनपछि लकडाउन खुकुलो गरिएदेखि सङ्क्रमित संख्या बढ्दै गएको हो ।