अन्तर्राष्ट्रिय |

लिबियामा द्वन्द्वरत पक्ष आगामी बर्षको डिसेम्बरमा चुनाव गर्न सहमत

ट्यूनिस, कात्तिक २९ गते।
संयुक्त राष्ट्रसंघको नेतृत्वमा भएको वार्तामा लिबियाली द्वन्द्वरत पक्षहरू आगामी वर्ष डिसेम्बरमा राष्ट्रिय निर्वाचन गर्न शुक्रबार सहमत भएका छन् ।

सन् २०११ मा उत्तर एटलान्टिक सन्धि संगठन नेटोको समर्थनमा भएको जनविद्रोहमा लामो समयदेखि शासन गर्दै आएका शासक मोमर गद्दाफीलाई पदच्युत गरिएपछि हत्या भएको थियो । लिबियामा गद्दाफीको अन्त्यपछि मुलुक प्रगतिपथमा अघि बढ्ने अधिकांश लिवियाली जनताको आकांक्षा थियो । तर त्यसो हुन नसकेको लिवियाली राजनीतिबारे जानकार विश्लेषकहरूले बताएका छन् । हत्यापछि लिबियाली नागरिक झन् अराजकता र हिंसाको शिकार बनेको छ ।
पूर्व र पश्चिममा प्रतिद्वन्द्वी प्रशासनहरू दुबै बहुसङ्ख्यक सशस्त्र समूह र विदेशी शक्तिहरूले समर्थन गरेकाले भूमध्यसागरीय देशलाई आफ्नो प्रभाबमा पार्ने पैयास गर्दै आएका छन् । शुक्रबारको घोषणा ट्यूनिसियामा विगत पाँच दिनदेखि द्वन्द्वरत दुवै पक्ष र लिवियाली नागरिक समाजका अगुवा, राष्ट्रसंघका प्रतिनिधिबीच जारी राजनीतिक वार्तापछि आएको हो ।
वार्तामा सहभागी सबैले आम निर्वाचन आगामी डिसेम्बरको २४ गते गर्न सहमत भएको राष्ट्रसंघका विशेष प्रतिनिधि स्टेफानी विलियम्सले सञ्चारकर्मीलाई भर्चुअल पत्रकार सम्मेलनमा बताउनुभयो । “यो लिवियाली जनताका लागि धेरै माहत्वको दिन हो र यसैका आधारमा लिवियाली जनताले आफ्नो राज्य सञ्चालन संयन्त्रका लागि वैधता प्राप्त गर्नेछ,” उहाँले भन्नुभयो ।
उहाँले लिवियाली नागरिकहरू राज्यमा वैदेशिक हस्तक्षेप नहोस् भन्ने चाहन्छन् । त्यसैले उनीहरूले निर्वाचनको माध्यमबाट राष्ट्रिय सरकारको गठन गर्न चाहन्छन् ।
तेलका लागि धनी मानिने उत्तर अफ्रिकी राष्ट्र लिवियामा सन् २०१४ पछि पहिलो पटक राष्ट्रिय निर्वाचन हुने वातावरण बनेको छ । वार्ताले नयाँ संक्रमणकालीन सरकार गठन गर्ने स्थायी शान्तिका लागि सहमति निर्माण गर्ने उद्देश्यका साथ ट्यूनिशियाली द्वन्द्वरत पक्ष वार्तामा बसेका बताइएको छ ।