अन्तर्राष्ट्रिय |

टर्कीमा सन् २०१६ मा भएको असफल सैनिक ‘कू’ आवद्व ७६ जना पक्राउ

इस्तानबुल, मंसिर १९ गते।
टर्कीमा सन् २०१६ प्रयास गरिएको असफल सैनिक कूमा आवद्व रहेको आशंका कम्तीमा ७६ जना व्यक्तिलाई पक्राउ गरिएको प्रहरी स्रोतले शुक्रबार जानकारी दिएको छ । प्रहरीले देशभर गरेको सुरक्षा कारबाहीको क्रममा ती व्यक्तिहरु पक्राउ परेका स्थानीय सञ्चार मध्यामले शुक्रवार जनाकारी दिएको हो ।े
टर्कीको पश्चिमी प्रान्तमा इज्मिरका अभियोक्ताको आदेशको आधारमा आतङ्क विरुद्ध र गुप्तचर निकायका अधिकारीहरुको सहयोगमा ६६ जना पक्राउ परेका राज्यद्वारा सञ्चालित सञ्चार माध्यम आनाडोलुले जानकारी दिएको छ ।
प्रहरीले केही रकम, नक्कली कागजात र डिजिटल सामग्री“ पनि बरामद गरेको आनाडालुले प्रशारण गरेको समाचारमा बताइएको छ । मध्य प्रान्त एस्किसेरमा गरेको छुट्टै अनुसन्धानमा सेनामा घुसपैठ गरेको आरोपमा अन्य १० जना संदिग्ध व्यक्तिहरुलाई पक्राउ गरिएको बताइएको छ ।
सन् २०१६ को जुलाई भएको असफल सैनिक कूको अमेरिकामा शरणमा बस्दै आएका टर्कीज धर्मगुरु फेतेउल्लाह गुलेनलाई टर्की सरकारले दोषारोपाण गर्दै आएको छ ।