अन्तर्राष्ट्रिय |

भानुआटुमा ६.१ को म्याग्नीच्युडको भूकम्प

हङकङ, पुस २४ गते।
भानुआटुमा शुक्रबार ६.१ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था (युएसजिएस) ले जानकारी दिएको छ ।
यस भूकम्पमा परी के कति धनजनको क्षति भएको हो, सो लगायतको विस्तृत विवरण भने प्राप्त भएको छैन् ।
यस भूकम्पको केन्द्रबिन्दु भने भानुआटुको इजआनजेलबाट १४६ किलोमिटर टाढा रहेको स्थानको आसपासमा नै ११७.७४ किलोमिटर गहिराइमा रहेको समाचारमा जनाइएको छ । भानुआटुमा भूकम्पको प्रकोपले बारम्बार सताइरहेको पाइन्छ ।