अन्तर्राष्ट्रिय | पढ्नै पर्ने |

म्यानमामा सेनाद्वारा एक वर्षको संकटकाल घोषणा

गोखापत्र अनलाइन
काठमाडौं, माघ १९ गते । म्यानमामा प्रजातन्त्रबादी नेत्री आङसाङ सुकी लगायतका केही नेतालाई पक्राउ गरेको केही घण्टामा नै त्यहाँको सेनाले देशका विभिन्न भाग आफ्नो नियन्त्रणमा लिएर एक वर्षसम्मका लागि संकटकालको घोषणा गरेको छ ।
त्यहाँको सैनिक टेलिभिजनले एक वर्षसम्मका लागि संकटकालको घोषणा भएको उल्लेख गरेको बीबीसीले समाचारमा जनाएको छ । गत डिसेम्बरमा भएको निर्वाचनमा सुकीको पार्टी नेशनल लिग फर डोमोक्रेसीले स्पष्ट बहुमत ल्याए पनि सेनाले सो निर्वाचनमा धाँधली भएको भन्दै अस्वीकार गर्दै आएको थियो ।