अन्तर्राष्ट्रिय |

इक्वेडरमा जेलमा भएको दङ्गामा परी ज्यान गुमाउनेको संख्या ७९ पुग्यो

ग्वायाक्युली, इक्वेडर
फाल्गुन १३ गते। इक्वेडरमा गत मङ्गलबार जेलहरुमा भएको दङ्गामा परी ज्यान गुमाउने व्यक्तिको संख्या ७९ पुगेको प्रहरी स्रोतले बिहीबार जनाएको छ । इक्वेडरका राष्ट्रपति लेनिन मोरेनोले चार ओटा जेलमा एकसाथ भएको यस हिंसामा आपराधिक सङ्गठनको हात रहेको आरोप लगाउनुभएको छ ।
मानवअधिकारवादी संस्थाले यसलाई हिंसालाई ‘अभूतपूर्व नरसंहार’ को संज्ञा दिँदै मुलुकमा सुरक्षाको अभावमा चिन्ता व्यक्त गरेको बताइएको छ । गतवर्ष पनि कैदीको विवादमा ५१ व्यक्तिको मृत्यु भएको थियो । गतवर्ष देशका अपराधी गिरोहको गतिविधि नियन्त्रण र हिंसा कम गर्ने प्रयासका लागि जेलमा आपतकालीन अवस्थाको आदेश राष्ट्रपति मोरेनोले दिनुभएको थियो । गत डिसेम्बरमा पनि जेल अस्थिरताको कारण ११ कैदी मृत्यु हुनुका साथै सात घाइते भएका थिए ।