अन्तर्राष्ट्रिय |

मुसेभेनीले युगान्डाको राष्ट्रपतिमा छैठौं कार्यकालको सपथ ग्रहण

कम्पाला, बैशाख २९ गते।
युगान्डाका वर्तमान राष्ट्रपति योवेरी मुसेभेनीले छैटौं कार्यकालको लागि बुधबार शपथ लिनुभएको छ । उहाँ आगामी पाँच बर्षका लागि युगाण्डाको राष्ट्रपति बन्नुभएको हो ।
मुख्य न्यायाधीश, अल्फोन्स चिगामोय ओउनी–डोलोले राजधानी कम्पालाको कोलोलो स्वतन्त्रता मैदानमा पूर्वी अफ्रिकी देशको राष्ट्रपतिको रूपमा मुसेभेनीलाई शपथ खुवाउनुभएको हो । उक्त समारोहमा आएका उहाँका सत्तारुढ नेशनल रेसिस्टेन्स मुभमेन्ट पार्टीका सयौं समर्थकहरूबीच इश्वरका नाममा सपथ लिनुभउको थियो ।
“म संविधानको संरक्षण, संरक्षण र रक्षा गर्नेछु र युगान्डाको कानूनको पालन गर्ने छु र युगान्डाका जनताको हितलाई प्रोत्साहन गर्नेछु,” उहाँले सपथ ग्रहणपछि उपस्थित समूहलाई सम्बोधन गर्ने क्रममा भन्नुभयो ।
उद्घाटन समारोहमा ११ अफ्रिकी राष्ट्र प्रमुखहरू, अफ्रिकी संघका वर्तमान अध्यक्ष रहेका डेमोक्र्याटिक रिपब्लिक अफ कङ्गोका फेलिक्स त्सेसेकेदीका साथै युगाण्डाका दर्जनौँ उच्च पदस्थ सरकारी प्रतिनिधिहरू, विभिन्न देशका कूटनीतिज्ञहरूको उपस्थिति थियो ।
सपथ ग्रहण समारोहमा कम्तिमा चार हजार पाहुनाहरुलाई समारोहमा उपस्थित हुन आमन्त्रित गरिएको थियो । मुसेभेनीले जनवरी १४ मा सम्पन्न निर्वाचनमा विजयी हुनुभएको थियो ।