अन्तर्राष्ट्रिय |

ब्राजिलमा कोरोनाबाट हुने मृत्युमा कमी आएन

साओ पाओलो, जेठ १७ गते।
ब्राजिलमा कोभिड १९ को प्रकोपबाट हुने मृत्युमा कमी नआएको बताइएको छ । स्वास्थ्य क्षेत्रका अधिकारीहरुले दिएको जानकारीअनुसार आइतबार मात्र ८७४ जनाको भाइरसका कारण ज्यान गएको छ । योसँगै ब्राजिलमा कोरोनाका कारण करिब ४ लाख ६२ हजार जनाको ज्यान गएको छ ।

सङ्क्रमणबाट चार लाख ६१ हजार ९३१ जनाको ज्यान गएकोे आइतबार स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो समय ब्राजिलमा कोरोना भाइरसको सङ्क्रमण घट्न सकेको छैन । कतिपय दिन संक्रमितहरुको संख्या घटेको जस्तो देखिए पनि केही दिनपछि फेरि बढेर आउने गरेको पाइएको छ ।

अधिकारीहरुले सङ्क्रमितहरु अस्पतालहरूमा ठूलो सङ्ख्यामा  पाइएको छ । अधिकारीहरुले अहिले पनि बिरामीको चाप थेग्न सकेका छैनन् । गत २४ घण्टामा कोभिड–१९ का ४३ हजार ५२० जना सङ्क्रमितहरु भेटिएका छन् । ब्राजिलको स्वास्थ्य मन्त्रालयले आइतबार सो जानकारी दिएको छ ।

त्यसैगरी, कोरोना भाइरसको सङ्क्रमण शुरु भएबाट ब्राजिलमा हालसम्म एक करोड ६५ लाखभन्दा बढी सङ्क्रमित भएका छन् । ब्राजिलका अधिकारीहरुले यहाँ कोरोना विरुद्धको खोप लगाउने क्रम पनि जारी रहेको बताएका छन् । सबैभन्दा बढी प्रभावित भएको क्षेत्र साओ पाओलो हो । यस राज्यमा मात्र ३५ लाखभन्दा बढी नागरिक सङ्क्रमित भएका छन् ।