बङ्गलादेशमा लकडाउन थप एक महिना लम्ब्याइयो
ढाका, असार ३ गते।
बङ्गलादेशमा पछिल्लो समयमा कोरोना भााइरसको प्रकोप बढ्दै गएपछि जारी लकडाउन एक महिना लम्ब्याइएको बताइएको छ । बङ्गलादेश सरकारले भाइरसको प्रकोप नघटेपछि यहाँ जारी रहेको लकडाउनलाई थप एक महिना लम्ब्याइएको बुधबार जानकारी दिएको छ ।
सो लकडाउन बुधबार रातिदेखि थपिएको छ र आगामी महिना जुलाइको १५ तारिखसम्म कायम रहने घोषणा गरिएको बताइएको छ । त्यस अवधिका लागि सार्वजनिक यातायताका साथै पर्यटनसँग सम्बन्धित होटल रेष्टुरेन्टहरु सीमित सङ्ख्यामा मात्र खुल्न दिइने बताइएको छ ।
सरकारी कार्यालय तथा बैंक र फाइनान्स सेवा पनि प्रत्येक दिन केही घन्टा छुट्याएर खोल्न दिइनेछ । यो लकडाउन देशैभरि लगाइएको बताएको छ । बङ्गलादेश सरकारको मन्त्रिपरिषदको बैठकले बुधबार लकडाउनको समयावधि थप गरेको जनाएको छ । बङ्गलादेशमा पनि पछिल्लो समयमा कोरोना भाइरसको प्रकोप बढ्दै गएको देखिएको छ ।