अन्तर्राष्ट्रिय | खेलकुद |

टोक्योमा ओलम्पिकको टर्च र्याली रद्द

गोरखापत्र अनलाइन
काठमाडौं, असार २३ गते । टोक्यो ओलम्पिकको टर्च र्याली स्थगित भएको छ । कोभिड १९ को सङ्क्रमणको त्रासले र्याली स्थगित भएको हो ।
ओलम्पिकको टर्च र्याली शुक्रबारबाट सुरु हुने कार्यक्रम निर्धारण भएकोमा अब टर्च प्रज्जवलन कार्यक्रम मात्रै हुने र उक्त कार्यक्रमलाई समेत अनलाइनमार्फत प्रसारण गरिने बीबीसीले उल्लेख गरेको छ । टोक्योको दक्षिणतर्फको द्वीप ओगासवारामा मात्रै पूर्व निर्धारित कार्यक्रम बमोजिम टर्च र्याली सञ्चालन हुनेछ ।
टोक्यो ओलम्पिक २३ जुलाईमा सुरु हुनेछ । कोरोनाभाइरस महामारीको त्रासका बीच स्थानीयले ओलम्पिक स्थगित गर्न वा रद्द गर्न माग गर्दै आएका छन् । राष्ट्रब्यापी टर्च र्याली भने गत मार्च महिनामा सुरु भएदेखि विभिन्न समस्या झेल्दै आएको छ ।