चिनियाँ विद्यार्थीलाई भिसामा कडाई गर्ने निर्णयमाथि पुनर्विचार गर्न बेइजिङको अमेरिकासँग आग्रह
बेइजिङ, असार २३ गते।
चीनले अमेरिकालाई आफ्नो गल्ती सच्याउन र अमेरिकामा अध्ययन गरिरहेका चिनियाँ विद्यार्थीहरूको भिसाका लागि आवेदनमा पुनर्विचार गर्न आग्रह गरेको छ । अमेरिकामा पढ्न चाहने ५०० भन्दा बढी चिनियाँ विद्यार्थीहरूले अमेरिकास्थित चिनियाँ दूतावासलाई पत्राचार गर्दै हालै भिसा आवेदनलाई अमेरिकाले अस्वीकार गरेको बताएका चिनियाँ अधिकारीले दावी गरेका छन् ।
यसैबीच चीनका परराष्ट्र मन्त्रालयका प्रवक्ता चाउ ली च्येनले विद्यार्थीको गुनासोबारे भन्नुभयो, “अमेरिकी भिसा प्रतिबन्धात्मक उपायहरू अमेरिकाको ’चिनियाँ विद्यार्थीहरुलाई स्वागत’ भन्ने भनाइसँग विरोधाभाषपूर्ण छ ।”
उहाँले थप्नुभयो, “यसले अमेरिकामा अध्ययन गरिरहेका चिनियाँ विद्यार्थीहरूको वैध अधिकार र चासोलाई गम्भीर क्षति पु¥याउँछ र दुइ देशबीचको सामान्य सांस्कृतिक आदानप्रदान र शैक्षिक सहयोगलाई गम्भीर रूपमा कमजोर पार्छ ।”
तत्कालिन ट्रम्प प्रशासनले लिएको कदमबारे अमेरिकी राष्ट्रपति बाइडेनले पुर्विचार गर्नुहुने विश्वास उहाँले व्यक्त गर्नुभयो ।