दक्षिण कोरियामा अहिलेसम्मकै धेरै कोभिड सङ्क्रमित, चौथो ‘वेभ’ मा प्रवेश गरेको घोषणा
सोल, असार २४ गते।
दक्षिण कोरियामा कोभिड १९ का अहिलेसम्मकै सबैभन्दा धेरै सङ्क्रमित भेटिएका छन् । गएको २४ घन्टायता कोभिड १९ का सङ्क्रमित एकै दिनमा अहिलेसम्मकै सबैभन्दा धेरै सङ्क्रमित भेटिएका छन् ।
दक्षिण कोरियाका अधिकारीहरुका अनुसार गएको २४ घन्टामा एक हजार २७५ जना सङ्क्रमित पाइएका छन् ।
योसँगै दक्षिण कोरियामा कोभिडका सङ्क्रमितको संख्या एक लाख ६४ हजार २८ जना पुगेको बताइएको छ । पछिल्ला केही हप्ता यतादेखि कोभिडका सङ्क्रमितहरुको सङ्ख्या बढ्दो देखिएको छ । बुधबार १ हजार २१२ जना सङ्क्रमित भेटिएको थियो । बिहीबार देखिएको यो सङ्ख्या अहिलेसम्मकै सबैभन्दा धेरै हो । अधिकारीहरुले दक्षिण कोरियाका स्वास्थ्य अधिकारीहरुले कोभिडको चौथो वेभ शुरु भएको बताएका छन् ।
दक्षिण कोरिायमा केही हप्ताअघिसम्म ७०० भन्दा बढी सङ्क्रमित नरहेकोमा अहिले आएर भने प्रत्येक दिन एक हजार भन्दा बढी संक्रमित भेटिएका छन् स्वास्थ्य अधिकारीहरुले यसै हप्ता अर्थात् यही जुलाई १ देखि ७ तारिखसम्ममा देशैभर देखिएको सङ्क्रमितको सङ्ख्या देशव्यापी तथ्याङ्कको हिसाब गर्दा अघिल्ला तीन हप्ताको तुलनामा ५३ प्रतिशत बढी देखिएको छ ।
यो तथ्याङ्क आएपछि स्वास्थ्य अधिकारीहरुले दक्षिण कोरिया औपचारिक रुपमा नै कोरोना महामारीको चौथो चरणमा प्रवेश गरेको बताएका छन् ।
बिहीबार देखिएका यी सङ्क्रमितहरुमा ६०० भन्दा बढी राजधानी सोलकै रहेको पाइएको छ कोराना विरुद्धको खोपका अभियानलाई ब्यापक बनाइएको छ ।