भारतमा एकैदिन ५३३ सङ्क्रमितको मृत्यु
गोरखापत्र अनलाइन
काठमाडौं, साउन २१ गते । भारतमा गएको चौबीस घण्टामा ५३३ जना कोरोना सङ्क्रमितले ज्यान गुमाएका छन् । हालसम्म कोरोना सङ्क्रमणबाट ज्यान गुमाउने चार लाख २६ हजार २९० पुगेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
एएनआईका अनुसार भारतमा गएको चौबीस घण्टामा ४२ हजार ९८२ सङ्क्रमितको पुष्टि भएको छ । हालसम्म तीन करोड १८ लाख १२ हजार ११४ जना सङ्क्रमित भएका छन् । हाल चार लाख ११ हजार ७६ जना सक्रिय सङ्क्रमित छन् ।
हालसम्म तीन करोड नौ लाख ७४ हजार ७४८ जना कोरोनामुक्त भएका छन् । भारतमा जनवरी १४ मा कोभिड १९ बिरुद्धको खोप लगाउन सुरु भए यता हालसम्म ४८ करोड ९३ लाख ४२ हजार २९५ डोज खोप लगाइएको छ ।