चीनमा ८५ सङ्क्रमितको पुष्टि
गोरखापत्र अनलाइन
काठमाडौं, साउन २१ गते । चीनमा बिहीबार ८५ जना कोरोनाभाइरसका नयाँ सङ्क्रमितको पुष्टि भएको छ । जसमध्ये ६२ जनामा स्थानीय स्तरमा सङ्क्रमित भएका हुन ।
चीनको राष्ट्रिय स्वास्थ्य आयोगका अनुसार नयाँ पहिचान गरिएका समुदाय स्तरमा सरेका सङ्क्रमितमध्ये ४० जना झ्याङ्ग्सु, नौ जना हुनान, तीन तीन जना बेइजिङग र शान्डोङग, हेनान, युन्नान, फुजियान र दुई जना गुआन्डङ्ग र एक एक जना शानडङ्गमा छन् । कोभिड १९ सङ्क्रमणले गएको चौबीस घण्टामा कुनै सङ्क्रमितको मृत्यु नभएको बताइएको छ ।
कोभिड १९ को नयाँ सङ्क्रमित १८ वटा प्रान्तमा फेला परेका छन् ।