अन्तर्राष्ट्रिय |

ब्राजिलमा एकैदिन एक हजार ५६ सङ्क्रमितको मृत्यु

गोरखापत्र अनलाइन
काठमाडौं, साउन २३ गते । ब्राजिलमा गएको चौबीस घण्टामा एक हजार ५६ जना कोरोना सङ्क्रमितले ज्यान गुमाएका छन् । कोरोना सङ्क्रमणले ब्राजिलमा हालसम्म पाँच लाख ६१ हजार ७६२ जनाको मृत्यु भएको छ ।
ब्राजिली स्वास्थ्य निकायका अनुसार गएको चौबीस घण्टामा ४२ हजार १५९ नयाँ सङ्क्रमितको पुष्टि भएको छ । थपिएका सङ्क्रमितसँगै ब्राजिलमा कोरोनाका कुल सङ्क्रमित दुई करोड एक लाख आठ हजार ७४६ पुगेको छ । संयुक्त राज्य अमेरिकापछि ब्राजिल कोरोना सङ्क्रमणले सबैभन्दा बढी मृत्युको सामना गरेको छ । ब्राजिलले पछिल्ला दिनमा पुनः कोभिड १९ को अर्को लहरको सामना गरेको छ ।
ब्राजिलमा हालसम्म कम्तीमा १४ करोड ९२ लाख ब्यक्तिले कोभिड १९ बिरुद्धको खोपको एक डोज लगाएका छन् । चार करोड ४२ लाखले पूर्ण खोप लगाएका छन् ।