अन्तर्राष्ट्रिय |

तालिबानले तेस्रो प्रान्तीय राजधानी नियन्त्रणमा लियो

गोरखापत्र अनलाइन
काठमाडौं, साउन २४ गते । तालिबानले अफगानिस्तानको तेस्रो प्रान्तीय राजधानी शहर नियन्त्रणमा लिएको दाबी गरेको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार तालिबानले कुञ्दुज शहर नियन्त्रणमा लिएको उल्लेख गरेको छ ।
तालिबानले आइतबार सुरक्षाकर्मीसँग भिषण युद्ध जारी रहे पनि शहर नियन्त्रणमा लिएको जनाएको छ । तालिबानले कुञ्दुजस्थित प्रहरी हेडक्वार्टर, गभर्नरको प्राङ्गण, शहरस्थित कारागार कब्जा गरेको अलजजिराले तालिबानका अधिकारीलाई उद्धृत गर्दै उल्लेख गरेको छ । यसअघि तालिबानले जौजन प्रान्तको शेबेरघान र निम्रोज प्रान्तको जरञ्ज शहर कब्जामा लिएको दाबी गरिएको छ ।