हवाई आक्रमणमा ४५ तालिबानी र तीन अल कायदा लडाकू मारिए
गोरखापत्र अनलाइन
काठमाडौं, साउन २४ गते । अफगानिस्तान सेनाको हवाई आक्रमणमा कम्तिमा ४५ तालिबान विद्रोही मारिएका छन् । आक्रमणमा अल कायदासँग सम्बन्धित तीन जना पाकिस्तानी नागरिक समेत मारिएका छन् ।
अफगानिस्तानको रक्षा मन्त्रालयका अनुसार लश्करगाह र हेलमन्द प्रान्तमा गरिएको हवाई कारबाहीमा ४८ जना लडाकूको मृत्यु भएको हो । सैन्य आक्रमणको क्रममा भारी संख्या हतियार समेत नष्ट गरिएको जनाएको छ । यसअघि शुक्रबार पनि अल कायदासँग सम्बन्धित ३० जना पाकिस्तानी नागरिक हेलमन्द प्रान्तमा हवाई आक्रमणमा मारिएका थिए ।