अन्तर्राष्ट्रिय |

भारत प्रशासित काश्मिरमा तीन दशकमा पाँच हजार ८८६ सुरक्षाकर्मी मारिए

गोरखापत्र अनलाइन
काठमाडौं, साउन २६ गते । भारत प्रशासित जम्मु काश्मिरमा गएको तीन दशकमा आतङ्कवादी आक्रमणमा पाँच हजार ८८६ सुरक्षाकर्मी मारिएका छन् । उक्त आँकडामा सन् १९८९ देखि अगष्ट ५, २०१९ सम्मको सूची समेटिएको छ ।
समाचार संस्था एएनआइृका अनुसार भारतको लोक सभामा माग गरिएको एक प्रश्नमा गृह राज्य मन्त्री नित्यानन्द रायले मंगलबार उक्त आँकडा राख्नुभएको हो । भारत प्रशासित काश्मिरमा संविधानको धारा ३७० हटाउनु अघिसम्मको तथ्याङ्क माग गरिएको थियो । आतङ्ककारी आक्रमणमा मारिएका ब्यक्तिले इच्छाएको परिवारका सदस्यलाई राहतको सम्पूर्ण सुबिधा उपलब्ध गराइएको उहाँले लिख्ति जवाबमा उल्लेख गर्नुभएको छ ।