अन्तर्राष्ट्रिय |

रुसमा २१ हजार सङ्क्रमित थपिए

गोरखापत्र अनलाइन
काठमाडौं, साउन २६ गते । रुसमा गएको चौबीस घण्टामा २१ हजार ३७८ जना नयाँ सङ्क्रमितको पुष्टि भएको छ । अघिल्लो दिन २२ हजार १६० जना सङ्क्रमित थपिएका थिए ।
रुसको संघीय प्रतिकार्य केन्द्रका अनुसार थपिएका सङ्क्रमितसँगै कोरोनाका कुल सङ्क्रमित ६४ लाख ९१ हजार २८८ पुगेको छ । नयाँ पहिचान गरिएका सङ्क्रमितमध्ये ७.२ प्रतिशत एक हजार ५३७ जना ‘क्लिनिकल सिम्प्टम’ बिनाका छन् ।
थपिएका सङ्क्रमितमध्ये सबैभन्दा बढी सेन्ट पिटर्सवर्गमा छन् । पिटर्सवर्गमा एक हजार ८११, मस्कोमा एक हजार ६३९ जनामा सङ्क्रमणको पुष्टि भएको छ ।
गएको चौबीस घण्टामा ७६९ जना सङ्क्रमितको मृत्यु भएको छ । हालसम्म एक लाख ६६ हजार ४४२ सङ्क्रमितको मृत्यु भएको हो । गएको चौबीस घण्टामा १८ हजार ७२९ जना कोरोना सङ्क्रमित निको भएका छन् । हालसम्म ५७ लाख ८८ हजार ७१० जना निको भएका छन् ।