अन्तर्राष्ट्रिय |

राष्ट्रपति घानी हिंसाग्रस्त बल्ख प्रान्त पुग्नुभयो

गोरखापत्र अनलाइन
काठमाडौं, साउन २७ गते । राष्ट्रपति अशरफ घानी हिंसाग्रस्त उत्तरी अफगानिस्तानको बल्ख प्रान्तको मजार–ए–शरीफ पुग्नुभएको छ । टोलो न्यूजका अनुसार राष्ट्रपतिका राजनीतिक एवम् सुरक्षा सल्लाहकार मोहम्मद मोहकिक समेत सँगै यात्रा गर्नुभएको जनाइएको छ । तालिबानले बल्ख प्रान्त नियन्त्रणमा लिन ध्यान केन्द्रित गर्दा राष्ट्रपति घानी भ्रमण गर्न लाग्नुभएको छ ।
अफगानिस्तानको चार वटा प्रान्तीय राजधानी तालिबानले नियन्त्रणमा लिएको दाबी गरिरहँदा राष्ट्रपति घानी काबुलबाहिर बल्ख प्रान्तको मजार–ए–शरीफ शहर पुग्नुभएको हो । राष्ट्रपति घानीले मजार–ए–शरिफमा सुरक्षा प्रमुख तथा गर्भनरसँग सुरक्षा स्थितिबारे छलफल गर्नुहुनेछ । अफगानिस्तानको कुञ्दुज, लश्कर गाह, कान्धारसहितका शहरमा सुरक्षाकर्मी र तालिबान बिद्रोहीबीच भिषण युद्ध चल्दैछ । तालिबानले बल्खको नह्र–ए–शाही जिल्ला आफ्नो नियन्त्रणमा लिएको छ ।