पाकिस्तानमा करिब पाँच हजार सङ्क्रमित थपिए
गोरखापत्र अनलाइन
काठमाडौं, साउन २७ गते । पाकिस्तानमा गएको चौबीस घण्टामा चार हजार ८५६ नयाँ सङ्क्रमितको पुष्टि भएको छ । नयाँ पुष्टि भएका सङ्क्रमितसँगै पाकिस्तानमा कोरोनाका कुल सङ्क्रमित दश लाख ८० हजार ३६० पुगेको छ ।
एएनआईका अनुसार गएको चौबीस घण्टामा पाकिस्तानमा ८१ जनाको कोरोना सङ्क्रमणले मृत्यु भएको छ । हालसम्म २४ हजार ८५ जनाले कोरोनाबाट ज्यान गुमाएका छन् ।
गएको चौबीस घण्टामा ६४ हजार ६९० नमूना परीक्षण गर्दा चार हजार ८५६ मा सङ्क्रमणको पुष्टि भएको छ । हाल पाकिस्तानमा ८४ हजार १७७ जना सक्रिय सङ्क्रमित छन् । हालसम्म नौ लाख ७२ हजार ९८ जना कोरोनामुक्त भइसकेका छन् ।