अफगानिस्तानको हेलमन्डमा ४५ तालिबान लडाकू मारिए
गोरखापत्र अनलाइन
काठमाडौं, साउन २८ गते । अफगानिस्तानको हेलमन्ड प्रान्तमा सुरक्षाकर्मीको कारबाहीमा ४५ जना तालिबान लडाकूको मृत्यु भएको छ । हेलमन्द प्रान्तमा अफगान वायुसेनाको सहयोगमा संयुक्त कारबाही चलाइएको रक्षा मन्त्रालयले जनाएको छ ।
समाचार संस्था एएनआईका अनुसार कारबाहीमा ४५ तालिबान लडाकूको मृत्यु र २२ जना घाइते भएका छन् । उक्त कारबाही नह्रे सराज जिल्ला र राजधानी शहर नजिककै क्षेत्रमा चलाइएको बताइएको छ । खानतलासीको क्रममा बरामद गरिएको विष्फोटजन्य पदार्थ नष्ट गरिएको छ ।
बल्ख प्रान्तमा हवाई आक्रमणमा २७ जना तालिबान लडाकूको मृत्यु भएको छ । चार जना घाइते भएका छन् । बल्ख प्रान्तको बल्ख र धिदादी तथा नह्रे शाहीमा कारबाही चलाइएको थियो ।