अन्तर्राष्ट्रिय |

तीन महिनामा पाकिस्तानमा पहिलो पटक एक सय सङ्क्रमितको मृत्यु

गोरखापत्र अनलाइन
काठमाडौं, साउन २८ गते । पाकिस्तानमा गएको तीन महिनामा पहिलो पटक एक सय जना सङ्क्रमितले कोरोना सङ्क्रमणको कारण ज्यान गुमाएका छन् । पाकिस्तानमा हाल कोभिड १९ को चौथो चरणको लहर देखापरेको बताइएको छ । यसअघि गत मई २० मा एक सय जनाभन्दा बढी सङ्क्रमितको मृत्यु भएको थियो ।
समाचार संस्था एएनआइका अनुसार गएको चौबीस घण्टामा १०२ जनाले कोरोना सङ्क्रमणले् ज्यान गुमाएका छन् । हालसम्म पाकिस्तानमा कोरोना सङ्क्रमणबाट २४ हजार १८७ जनाको मृत्यु भएको छ । गएको चौबीस घण्टामा ५९ हजार ३९७ नमुनाको परीक्षण गरिएकोमा चार हजार ९३४ जना नयाँ सङ्क्रमितको पुष्टि भएको छ ।
पाकिस्तानमा हालसम्म दश लाख ८५ हजार २९४ जना सङ्क्रमित थपिएका छन् । गएको चौबीस घण्टामा प्रति एक सय परीक्षणमा ८.३४ मा सङ्क्रमणको पुष्टि भएको छ ।