उत्तरी टर्कीको बाढीमा कम्तीमा २७ जनाको मृत्यु
गोरखापत्र अनलाइन
काठमाडौं, साउन २९ गते । उत्तरी टर्कीमा बाढीको प्रकोपमा परेर कम्तिमा २७ जनाको मृत्यु भएको छ । ‘ब्ल्याक सी’ तटमा आएको बाढीमा कास्तामोनु प्रान्तमा २५ जनाको र साइनप तटमा दुई जनाको मृत्यु भएको बीबीसीले उल्लेख गरेको छ ।
बाढीले गर्दा केही भवन ढलेको छ । थुप्रै पुल बगाइएको छ । विद्युत आपूर्ति ठप्प भएको तथा सबारी साधन बगाएको छ । उद्धारकर्ता एवम् सुरक्षाकर्मीले हेलिकप्टर मार्फत् बाढी प्रभाबित क्षेत्रबाट सर्वसाधारणलाई उद्धार गरी सुरक्षित स्थानमा लगेका छन् । करिब एक हजार सात जना ब्यक्तिलाई सुरक्षित स्थानमा लगिएको छ । करिब ३३० गाउँमा विद्युत आपूर्ति ठप्प भएको छ ।
यसै महिना दक्षिण टर्कीको जङ्गलमा भीषण आगलागीको सामना गरेको थियो । आगलागिपछि हजारौं ब्यक्ति विस्थापित भएका थिए । एक लाख हेक्टरमा लगाइएको तरकारी बाली नष्ट हुन पुग्यो ।