रुसमा एकैदिन २२ हजारभन्दा बढी सङ्क्रमित थपिए
गोरखापत्र अनलाइन
काठमाडौं, साउन २९ गते । रुसमा गएको चौबीस घण्टामा कोरोनाबाट सङ्क्रमित हुनेको सङ्ख्या बढेको छ । रुसको सङ्घीय प्रतिकार्य केन्द्रका अनुसार गएको चौबीस घण्टामा २२ हजार २७७ जना नयाँ सङ्क्रमितको पुष्टि भएको छ । अघिल्लो दिन २१ हजार ९३२ सङ्क्रमित थपिएका थिए ।
केन्द्रका अनुसार गएको चौबीस घण्टामा एक हजार ८५० जना लक्षणविहीन सङ्क्रमित पुष्टि भएका छन् । मस्कोमा सबैभन्दा बढी दुई हजार ५२९ सङ्क्रमितको पहिचान गरिएको छ । अघिल्लो दिन मस्कोमा दुई हजार २९४ सङ्क्रमित थपिएका थिए ।
गएको चौबीस घण्टामा कोरोना सङ्क्रमणबाट ८१५ जनाको मृत्यु भएको छ । हालसम्म रुसमा कोरोना सङ्क्रमणबाट एक लाख ६८ हजार ३६८ जनाले ज्यान गुमाएका छन् । गएको चौबीस घण्टामा २० हजार १९५ सङ्क्रमित कोरोनामुक्त भएका छन् ।