अन्तर्राष्ट्रिय |

क्यानाडामा सङ्क्रमित हुनेकाे संख्या बढ्यो

गोरखापत्र अनलाइन
काठमाडौं, साउन ३० गते । क्यानाडामा कोरोनाभाइरसबाट सङ्क्रमित हुनेको संख्यामा बृद्धि भएको छ । गएको साताको अपेक्षा यस साता नयाँ पुष्टि हुने सङ्क्रमित ७० प्रतिशतले बढेको जनस्वास्थ्य निकायले जनाएको छ ।
शुक्रबार क्यानाडामा दुई हजार ४१२ नयाँ सङ्क्रमितको पहिचान गरिएको छ । हालसम्म १४ लाख ४९ हजार ८५१ जना सङ्क्रमित भएका छन् । क्यानाडामा सबैभन्दा बढी ब्रिटिश कोलम्बियामा ७१७ र अल्बार्टामा ५८२ पुष्टि भएका छन् ।
क्यानाडाको सबैभन्दा बढी जनघनत्व भएको प्रान्त ओनटेरियोमा ५१० नयाँ सङ्क्रमितको पुष्टि भएको छ । नयाँ थपिने सङ्क्रमितमध्ये अधिकांश कोरोनाका डेल्टा स्वरुपका बिरामी छन् ।