अन्तर्राष्ट्रिय |

जापानमा भारी वर्षा, दश लाख ब्यक्तिलाई घर खाली गर्न आग्रह

गोरखापत्र अनलाइन
काठमाडौं, साउन ३० गते । जापानमा भारी वर्षापछि दश लाख ब्यक्तिलाई सुरक्षित स्थानमा सर्न आग्रह गरिएको छ । फुकुओका र हिरोशिमामा भारी वर्षाको अनुमान गरिएको छ । अधिकारीहरुले भारी वर्षा भइरहेको क्षेत्रका सर्वसाधारणलाई सुरक्षित स्थलतर्फ लाग्न आग्रह गरेका छन् ।
नागासाकीमा भू स्खलनमा दुइ घर ध्वस्त हुँदा एकजना महिलाको मृत्यु भएको छ । उहाँकी श्रीमान र छोरी हराइरहेका छन् । उक्त क्षेत्रमा १५० जना सेना, प्रहरी र अग्नि नियन्त्रकलाई उद्धार र सहयोगका लागि परिचालन गरिएको छ ।
बाढीले पश्चिमी जापान अत्यन्तै प्रभावित भएको बताइएको छ । जापानको जलवायु विभागका युशी एडाचीले हाल भइरहेको वर्षालाई अप्रत्याशित भनेर टिप्पणी गर्नुभएको छ । स्थानीय टेलिभिजनमा सडकमाथि दुई फिटसम्म पानी जमेको, सागा र फुकुओकाका नदी अनियन्त्रित भएको र जलस्तर अझै बढिरहेको देखाइएको छ ।