अन्तर्राष्ट्रिय |

अमेरिकामा कोरोनाका सक्रमित बालबालिकाको अस्पताल भर्नामा बृद्धि

गोरखापत्र अनलाइन
काठमाडौं, साउन ३१ गते । संयुक्त राज्य अमेरिकामा कोरोना सङ्क्रमित बालबालिकाको अस्पताल भर्ना हुने दर बृद्धि भएको छ । अमेरिकाको स्वास्थ्य तथा मानव सेवा बिभागका अनुसार बालबालिका भर्ना हुने दर बृद्धि भएको छ ।
समाचार संस्था अलजजिराका अनुसार कोभिड १९ को खोप कम लगाइएका क्षेत्रमा बालबालिका भर्ना हुने क्रम बढेको हो । हाल एक हजार ९०२ जना बालबालिका कोरोनाबाट सङ्क्रमित भएर अस्पताल भर्ना भएका छन् । सङ्क्रमणबाट अस्पताल भर्ना हुने कुल बिरामीमध्ये २.४ प्रतिशत बालबालिका हो ।
१२ वर्ष मुनिका बालबालिकामा खोप लगाइएको छैन् । कोरोनाको सबैभन्दा बढी सङ्क्रामक डेल्टा स्वरुप खोप लगाउन सक्षम नहुने भनिएका बालबालिका सबैभन्दा बढी प्रभाबित हुने अनुमान गरिएको छ ।
अमेरिकामा हालसम्म ५०.५ प्रतिशतले पूर्ण खोप लगाएका छन् । ५९.४ प्रतिशतले कम्तिमा एक डोज लगाएका छन् ।