अन्तर्राष्ट्रिय |

काबुल विमानस्थलमा पाँचको मृत्यु

गोरखापत्र अनलाइन
काठमाडौं, साउन ३२ गते । अफगानिस्तान छोड्न काबुल विमानस्थलमा जम्मा भएका पाँच जनाको मृत्यु भएको छ । तालिबानले राजधानी शहर काबुल नियन्त्रणमा लिएपछि दूतावासका कर्मचारीलाई लग्न अमेरिकाले वायुसेनाको जहाज प्रयोगमा ल्याउँदा विमानस्थलमा सयौंको सङ्ख्या अफगान समेत बाहिरिन जम्मा भएका छन् । रोयटर्सले प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै जमा भएकामध्ये पाँच जनाको मृत्यु भएको उल्लेख गरेको छ।
रोयटर्सका अनुसार मृत्युको कारण खुलेको छैन् । अमेरिकी अधिकारीले भने सेनाले भिडलाई तितरबितर पार्न केही राउन्ड हवाईफायर गरेको बताएका छन् । अमेरिकी दूतावासका कर्मचारी तथा कूटनीतिज्ञलाई लिएर उडान भर्न लागेको विमानसँगै स्थानीयले दौडधूप गरेपछि सेनाले गोली फायर गरेको अधिकारीले रोयर्टससँगको कुराकानीमा खुलाएका छन् ।
एकजना प्रत्यक्षदर्शीले भने भगदडमा मृत्यु भएको वा गोली लागेको अझै प्रष्ट नभएको बताएका छन् । विमानस्थलमा उपस्थित अमेरिकी अधिकारीहरुले भने मृत्युको कारणबारे खुलाउन उपलब्ध भएनन ।