अन्तर्राष्ट्रिय |

सर्वसाधारणको घरमा प्रवेश नगर्न तालिबानको ऊर्दी

गोरखापत्र अनलाइन
काठमाडौं, भदौ १ गते । तालिबानले सर्वसाधारणको घरमा प्रबेश नगर्न आफ्ना लडाकूलाई निर्देशन दिएको छ । तालिबान सैन्य कमीशनका प्रमुख मुल्लाह याकूबले एक अडियो वक्तब्यमार्फत यस्तो ऊर्दी जारी गर्नुभएको हो ।
अलजजिराका अनुसार तालिबान समूहले एक अर्को वक्तब्य जारी गरी सबै सरकारी कर्मचारीलाई काममा फर्किन जोड दिएको छ । काबुलका मेयर र कार्यवाहक जनस्वास्थ्य मन्त्री मङ्गलबार काममा फर्किनुभएको छ ।
अडियो वक्तब्यमा याकूबले भन्नुभएको छ, “कसैलाई कसैको घरमा प्रबेश गर्ने अनुमति दिइएको छैन्, विशेषगरी काबुलमा यो ऊर्दी लागू हुनेछ ।”
तालिबानको दुई दशक अघिको सत्ता सञ्चालनको क्रममा देखिएको अराजकताबाट त्रसित हजारौं सर्वसाधारण अफगानिस्तान छोडन लाग्दा तालिबानले एक पछि अर्को वक्तब्य जारी गर्दै संयमित रहन आश्वास्त पारेको छ ।