अन्तर्राष्ट्रिय |

निर्वासित तालिबान नेता सत्ता सम्हाल्न अफगानिस्तान फर्किए

गोरखापत्र अनलाइन
काठमाडौं, भदौ २ गते । निर्वासनमा रहेका तालिबानका संस्थापक नेता करिब दश वर्षपछि अफगानिस्तान फर्केका छन् । सामाजिक सञ्जालमा साझा गरिएको भिडियोमा उनलाई स्थानीय र तालिबान विद्रोहीले स्वागत गरिरहेको देखिएको छ । अफगानिस्तानमा सन् २००१ मा अमेरिकी सेनाको प्रबेशपछि बरादर निर्बासनमा गएका थिए ।
बिद्रोही संगठन तालिबानले आइतबार राजधानी काबुल शहर प्रवेश गरी राष्ट्रपति निवास नियन्त्रणमा लिएको थियो । पहिलो पटक आयोजना गरेको पत्रकार सम्मेलनमा तालिबानका एक जना प्रवक्ताले मुल्लाह अब्दुल घानी बरादरसहित अन्य नेताहरु अफगानिस्तान आइपुगेको बताएका छन् । प्रवक्ता जबिहुल्लाह मुजाहिदले तालिबानका सदस्यहरु शान्तिपूर्ण रुपमा बस्न चाहेको बताए ।
सह संस्थापक बरादर तालिबानका उपनेता तथा राजनीतिक विभागका प्रमुख हुन । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार बरादर अफगानिस्तानको दोस्रो ठूलो शहर कान्धार पुगेका छन् ।