अन्तर्राष्ट्रिय |

भारतमा सक्रिय सङ्क्रमित पाँच महिना यताकै कम

गोरखापत्र अनलाइन
काठमाडौं, भदौ ४ गते । भारतमा गएको चौबीस घण्टामा ३६ हजार ५७१ जना नयाँ सङ्क्रमित थपिएका छन् । सक्रिय सङ्क्रमितको संख्या तीन लाख ६३ हजार ६०५ रहेको छ । यो गत् १५० दिन यताकै सबैभन्दा कम हो । भारतमा हालसम्म कुल तीन करोड ६३ लाख ६०५ जना सङ्क्रमित भएका छन् ।
भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले गएको चौबीस घण्टामा ३६ हजार ५५५ जना सङ्क्रमित कोरोनामुक्त भएका छन् । हालसम्म तीन करोड १५ लाख ६१ हजार ६३५ जना कोरोनामुक्त भएका छन् । भारतमा गएको चौबीस घण्टामा ५४० जना सङ्क्रमितको मृत्यु भएको छ । हालसम्म चार लाख ३३ हजार ५८९ जनाको मृत्यु भएको छ ।
गएको चौबीस घण्टामा १८ लाख ८६ हजार २७१ नमुनाको परीक्षण गरिएको छ । गएको चौबीस घण्टामा ५४ लाख ७१ हजार २८२ डोज खोप लगाइएको छ । हालसम्म ५७ करोड २२ लाख ८१ हजार ४८८ डोज खोप लगाइएको छ ।