अन्तर्राष्ट्रिय |

अमेरिकाको टेनुसीमा बाढी, २० जनाको मृत्यु, ५० बेपत्ता

गोरखापत्र अनलाइन
काठमाडौं, भदौ ७ गते । अमेरिकाको टेनुसीमा गएको बाढीको प्रकोपमा कम्तीमा २० जनाको मृत्यु भएको छ । ५० जना अझै बेपत्ता रहेको अमेरिकी अधिकारीहरुले जनाएका छन् ।
हम्फ्रेजका काउन्टी शेरिफ क्रिस डेभिसका अनुसार बाढीको प्रकोपमा २१ जनाको मृत्यु भएको छ । मृत्यु भएकामा कतिपय बालबालिका र नवजात शिशु पनि छन् । शेरिफ डेभिसले दुइ जना सातमहिने जुम्ल्याहाको समेत बाढीको प्रकोपमा मृत्यु भएको हो । बाढीले टेनुसी जोड्ने राजमार्ग बगाएको छ । हम्फ्रिज काउन्टी बाढीले सबैभन्दा बढी प्रभावित भएको छ । अधिकांश घरको छानासम्म वर्षाको पानी पुगेको छ । चार हजार घरमा विद्युत् आपूर्ति कटौती गरिएको छ ।