अन्तर्राष्ट्रिय |

भारतमा दुई महिनापछि तेस्रो लहर आउन सक्ने

गोरखापत्र अनलाइन
काठमाडौं, भदौ ७ गते । भारतको राष्ट्रिय प्रकोप ब्यवस्थापन केन्द्रले आगामी अक्टोबर महिनामा भारतले कोभिड १९ को तेस्रो लहरको सामना गर्न सक्ने चेताबनी दिएको छ । गृह मन्त्रालय मातहातको उक्त केन्द्र प्रधानमन्त्री कार्यालयलाई हालै बुझाएको प्रतिवेदनमा उक्त आँकलन गरिएको छ ।
रोयटर्सले ४० जना विज्ञको सुझाबको आधारमा तयार गरेको एक सर्वेक्षणलाई आधार बनाउँदै प्रकोप ब्यवस्थापन केन्द्रले जुलाई १५ देखि अक्टोबर १३ सम्म भारतमा तेस्रो लहर आउन सक्ने चेताबनी दिइएको छ । तेस्रो लहरको बेला बालबालिका सबैभन्दा बढी प्रभाबित हुने सम्बन्धमा भारतको बाल रोग विशेषज्ञ संस्थानले जैविक कुनै पनि प्रमाणले त्यस प्रकारको अनुमानलाई बल नदिएको जनाएको छ ।