अन्तर्राष्ट्रिय |

मालीका पूर्बप्रधानमन्त्री प्रहरी नियन्त्रणमा

गोरखापत्र अनलाइन
काठमाडौं, भदौ ११ गते । मालीका पूर्ब प्रधानमन्त्री बौबेये माइगालाई प्रहरीले गिरफ्तार गरेको छ । राष्ट्रपतिका लागि जहाज खरिद प्रकरणमा उहाँलाई नियन्त्रणमा लिइएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
अलजजिराले भने गिरफ्तारीको कारण अझै स्पष्ट भइनसकेको भएपनि सन् २०१४ मा खरिद गरिएको जहाजसँग जोडिएको हुन सक्ने बताएको छ । उक्त जहाज चार करोड डलरमा खरिद गरिएको थियो । पूर्ब प्रधानमन्त्री माइगाका अधिवक्ता कसौम टापोले हामीले अझै फाइल हेर्न नपाएकोले स्पष्ट भन्ने अवस्था नरहेको रोयटर्ससँगको कुराकानीमा उल्लेख गर्नुभएको छ ।
माइगाले सन्े २०१७ देखि २०१९ सम्म मालीका प्रधानमन्त्रीको रुपमा कार्यभार सम्हाल्नुभएको थियो । आगामी वर्ष हुने चुनाबमा राष्ट्रपति पदका लागि तयारी गर्नुभएका माइगाको गिरफ्तारीले चुनाबी अभियानमा धक्का लाग्ने बताइएको छ ।