अन्तर्राष्ट्रिय |

दक्षिण कोरियामा एक हजार ७९३ सङ्क्रमित थपिए

गोरखापत्र अनलाइन
काठमाडौं, भदौ १२ गते । दक्षिण कोरियामा गएको चौबीस घण्टामा कोभिड १९ का एक हजार ७९३ जना सङ्क्रमितको पहिचान गरिएको छ । अघिल्लो दिन एक हजार ८४१ जना सङ्क्रमितको पुष्टि भएको थियो ।
दक्षिण कोरियाली स्वास्थ्य मन्त्रालयका अनुसार थपिएका सङ्क्रमितसँगै हालसम्म दुई लाख ४६ हजार ९५१ जनामा सङ्क्रमणको पुष्टि भएको छ । नयाँ थपिएका सङ्क्रमितमध्ये ५५९ जना सोल क्षेत्रका छन् । थपिएकामध्ये ५५ जना विदेशबाट आएका छन् ।
गएको चौबीस घण्टामा ११ जना सङ्क्रमितको मृत्यु भएको छ । हालसम्म दुई हजार २७६ जना सङ्क्रमितको मृत्यु भएको हो ।
दक्षिण कोरियामा हालसम्म दुई करोड ८३ लाख ४५ हजार ४५ डोज खोप लगाइएको छ । जसमध्ये एक करोड ४३ लाख ४६ हजार ८३६ जना पूर्ण खोप पाएका छन् ।