रुसमा १९ हजार सङ्क्रमित थपिए
गोरखापत्र अनलाइन
काठमाडौं, भदौ १३ गते । रुसमा गएको चौबीस घण्टामा १९ हजार २८६ नयाँ सङ्क्रमितको पुष्टि भएको छ । अघिल्लो दिन १९ हजार ५०९ जना सङ्क्रमितको पुष्टि भएको थियाृ ।
रुसको संघीय प्रतिकार्य केन्द्रका अनुसार थपिएका सङ्क्रमितसँगै रुसमा कोरोनाका कुल सङ्क्रमितको संख्या ६८ लाख ८२ हजार ८२७ पुगेको छ । रुसको ८५ क्षेत्रमा गरिएको परीक्षणमा एक हजार ३२४ जना लक्ष्णबिहीन सङ्क्रमित पुष्टि भएको जनाएको छ ।
सबैभन्दा बढी राजधानी शहर मस्कोमा एक हजार ४४४ जना, सेन्ट पिटर्सवर्गमा एक हजार ३१८ जना रहेका छन् । गएको चौबीस घण्टामा ७९७ जना सङ्क्रमितको मृत्यु भएको छ । उक्त संख्या अघिल्लो दिनको अपेक्षा एक जनाले कम हो । रुसमा कोरोना सङ्क्रमणले हालसम्म एक लाख ८१ हजार ६३७ जनाको मृत्यु भएको छ ।