४५ लाख सङ्क्रमितको मृत्यु, २१ करोड ६३ लाख सङ्क्रमित
गोरखापत्र अनलाइन
काठमाडौं, भदौ १४ गते । विश्वभरि कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको संख्या ४५ लाख नाघेको छ । अमेरिकाको जोन हप्कीन्स विश्वविद्यालयका अनुसार कोरोना सङ्क्रमणबाट हालसम्म विश्वभरि ४५ लाख ब्यक्तिको मृत्यु भएको छ ।
सोमबार अपरान्हसम्मको तथ्याङ्क बमोजिम हालसम्म २१ करोड ६३ लाख ५६ हजार ४६ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् । गत् मार्च २०२० मा कोभिड १९ विश्वभरि महामारीको रुप लिएको थियो । हालसम्म अमेरिकामा मात्रै तीन करोड ८७ लाख सङ्क्रमित भएका छन् । अमेरिकामा मात्रै छ लाख ३७ हजार ५०० जना सङ्क्रमितले ज्यान गुमाएका छन् ।
अमेरिकामा हालसम्म ४८ प्रतिशत जनसंख्याले अझै पूर्ण खोप लगाएका छैनन् । अमेरिकामा हाल दैनिक थपिने सङ्क्रमितको संख्या समेत बढेको छ । औसतमा दैनिक एक लाख ५१ हजार सङ्क्रमित थपिदै आएका छन् ।