अन्तर्राष्ट्रिय |

पेरुमा दुई पोत जुध्दा २० जनाको मृत्यु

गोरखापत्र अनलाइन
काठमाडौं, भदौ १४ गते । पेरुको नदीमा दुई पोत आपसमा जुध्दा कम्तीमा २० जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा थप ५० जना हराइरहेका छन् ।
पेरुको लोरेटो क्षेत्रमा रहेको हुएल्लागा नदीमा दुई पोत आपसमा जुधेको हो । भारी तुवाँलो लागेको अवस्थामा दुर्घटना भएको हो । यान्त्रिक डुंगाले ८० जना यात्रु बोकेको पोतलाई हिर्काउन पुगेको हो । दुर्घटना भएको समयमा अधिकांश यात्रु सुतेको अवस्थामा रहेको घटनामा ज्यान जोगाउन सफल एक प्रत्यक्षदर्शी यात्रुले स्पुतनिकसँगको कुराकानीमा बताउनुभएको छ । उद्धारका लागि जल सेनाको एक टुकडी उक्त नदीमा परिचालन गरिएको छ ।