अन्तर्राष्ट्रिय |

थाइ प्रधानमन्त्रीले विश्वासको मत पाउनुभयो

गोरखापत्र अनलाइन
काठमाडौं, भदौ १९ गते । थाइल्याण्डका प्रधानमन्त्री प्रत्युश चान–ओचामाथि लगाइएको अविश्वासको प्रस्ताव असफल भएको छ । प्रधानमन्त्री प्रत्युशले २६४ मत पाउनुभएको छ । उहाँको विपक्षमा २०४ मत परेको हो ।
अलजजिराका अनुसार विपक्षी दलले सदनमा अविश्वासको प्रस्ताब दत्र्ता गराएकोमा शनिबार मतदान भएको थियो । ४८२ सांसद रहेको थाइ सदनमा विपक्षीको प्रस्ताब सफल हुन २४२ मत आवश्यक थियो । प्रत्युशले आफू मतदातपछि आफू विश्वस्त रहेको बताउनुभएको थियो ।
सांसदले वर्तमान सरकारले महामारीको सामना गर्न असफल भएको र महामारीले निम्ताएको आर्थिक संकटबाट जोगाउन प्रत्युश नेतृत्वको सरकारले प्रभाबकारी कदम नचालेको भन्दै आलोचना गर्दै आएको थियो । थाइल्याण्डमा कोरोनाभाइरसका सङ्क्रमितको संख्या १२ लाख नाघेको छ । हालसम्म १२ हजार सङ्क्रमितले ज्यान गुमाएका छन् ।