अन्तर्राष्ट्रिय |

स्थानीय चुनाब समयमै गराउन अफ्रिकी न्यायालायको आदेश

गोरखापत्र अनलाइन
काठमाडौं, भदौ १९ गते । दक्षिण अफ्रिकाको सर्वोच्च अदालतले निर्वाचन आयोगले स्थानीय चुनाब स्थगित गर्ने दिएको रिट खारेज गरेको छ । दक्षिण अफ्रिकामा आगामी अक्टोबर २७ का लागि स्थानीय चुनावको मिति घोषणा गरिएको छ ।
अदालती आदेशले सत्तारुढ अफ्रिकन नेशनल कँग्रेसका लागि ठूलो धक्का लागेको छ । सरकारले स्थानीय चुनाबका लागि हजारौं कर्मचारी नियुक्त गर्न हम्मेहम्मे परेको छ । सन् २०१६ मा समेत सत्तारुढ दल स्थानीय चुनावमा हार बेहोरेको थियो । जोहानसवर्गसहितका प्रमुख शहरमा समेत सत्तारुढ दलले हार बेहोर्नुपरेको थियो ।
निर्वाचन आयोगले एक वक्तब्य जारी गरी साताको अन्त्यतिर चुनावी तालिका घोषणा गर्ने जनाएको छ । निर्वाचन आयोगले कोभिड १९ को महामारीले चुनाव निर्धारित समयमै गर्न नसकिने बताएको थियो । अदालतले अक्टोबर २७ देखि नोभेम्बर एकभित्र चुनाव गर्न आदेश दिएको हो ।