अन्तर्राष्ट्रिय |

‘पञ्जशीरमा तालिबानलाई अवरोध गर्ने अहमद मसौद सुरक्षित’

गोरखापत्र अनलाइन
काठमाडौं, भदौ २१ गते । अफगानिस्तानको राष्ट्रिय प्रतिरोध फ्रन्ट(एनआरएफ)ले आफ्नो नेता अहमद मसौद सुरक्षित रहेको दाबी गरेको छ । उसले मसौदले छिट्टै वक्तब्य जारी गर्नुहुने जनाएको छ ।
तालिबानले अफगानिस्तानको अन्तिम अवरोध पञ्जशीर आफूले कब्जा गरेको दाबी गरेको केही समय नबित्दै एनआरएफका प्रवक्ता अलि नाजरीको भनाई आएको हो । उहाँले प्रतिरोध दस्ता तालिबानलाई रोक्न र युद्धलाई निरन्तरता दिन पञ्जशीरको प्रत्येक रणनीतिक स्थानमा तैनात रहेको बताउनुभएको छ । उहाँले ट्वीटरमार्फत् उक्त जानकारी साझा गर्नुभएको हो । तर जानकारी साझा गरिएको ट्वीटर खाताको स्थान भने पुष्टि भएको छैन् ।
तालिबान र एनआरएफ दुबैले पञ्जशीर आ आफ्नो नियन्त्रणमा रहेको दाबी गरेपनि ठोस प्रमाण साझा गरेको छैन् ।