भारतमा ३८ हजार सङ्क्रमित थपिए
गोरखापत्र अनलाइन
काठमाडौं, भदौ २१ गते । भारतमा गएको चौबीस घण्टामा ३८ हजार ९४८ जना नयाँ सङ्क्रमितको पुष्टि भएको छ । थपिएकामध्ये केरला राज्यका मात्रै २६ हजार ७०१ जना छन् । चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै भारतमा कोरोनाका कुल सङ्क्रमित तीन करोड ३० लाख २७ हजार ६२१ जना पुगेको छ ।
भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार सोही अबधिमा ४३ हजार ९०३ जना कोरोनामुक्त भएका छन् । हालसम्म तीन करोड २१ लाख ८१ हजार ९९५ जना कोरोनामुक्त भएका हुन ।
गएको चौबीस घण्टामा २१९ जना सङ्क्रमितको मृत्यु भएको छ । जसमध्ये केरला राज्यमा ७४ जना सङ्क्रमित छन् । हालसम्म चार लाख ४० हजार ७५२ जना सङ्क्रमितको मृत्यु भएको हो । हालसम्म भारतमा ६८ करोड ७५ लाख ४१ हजार ७६२ डोज खोप लगाइएको छ ।