अष्ट्रेलियामा लगातार दशौं दिन एक हजारभन्दा बढी सङ्क्रमित थपिए
गोरखापत्र अनलाइन
काठमाडौं, भदौ २१ गते । अष्ट्रेलियामा लगातार दशौं दिन एक हजारभन्दा बढी कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । गएको चौबीस घण्टामा एक हजार ५३८ जना नयाँ सङ्क्रमित थपिएको जनाइएको छ ।
समाचार संस्था एएनआइका अनुसार आइतबार मध्यान् सम्म अष्ट्रेलियामा कोरोना सङ्क्रमितको सङ्ख्या ६१ हजार ६०९ पुगेको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या २६ हजार पुगेको छ । नयाँ थपिएका सङ्क्रमितमध्ये एक हजार २८१ जना राजधानी शहर सिड्नीसमेत रहेको न्यू साउथ वेल्सका छन् । सोमबार बिहान सिड्नीमा कोरोना सङ्क्रमणबाट पाँच जनाको मृत्यु दर्ता गरिएको स्वास्थ्य बिभागले जनाएको छ । भिक्टोरियामा २४६ नयाँ सङ्क्रमितको पुष्टि भएको छ ।
अष्ट्रेलियाली राजधानी क्षेत्र(एसीटी)मा ११ जना नयाँ सङ्क्रमितको पुष्टि भएको छ ।