अन्तर्राष्ट्रिय |

‘पाकिस्तानले अफगानको चाहना स्वीकार्नुपर्छ’

गोरखापत्र अनलाइन
काठमाडौं, भदौ २३ गते । पाकिस्तान मुस्लिम लिग(नवाज)की नेतृ मरियम नवाजले पाकिस्तानले अफगानिस्तानका नागरिकको चाहना स्वीकार्नुपर्ने बताउनुभएको छ । उहाँले पाकिस्तानले अफगानिस्तानको आन्तरिक मामीलामा हस्तक्षेप गर्न नहुने बताउनुभयो ।
इस्लामावादमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्नुहुँदै उहाँले पाकिस्तानले अन्तर्राष्ट्रिय समुदायसँग संयुक्त रुपमा युद्ध पीडितको पुर्नस्थापना र पूर्बाधार पुर्ननिर्माणमा सामेल हुनुपर्ने बताउनुभयो । सयौं अफगान काबुलस्थित पाकिस्तान दूताबास अगाडि विरोध प्रदर्शन गरेको भोलिपल्टै पाकिस्तानको बिपक्षी नेतृ मरियमको यस्तो टिप्पणी आएको हो । अफगानले विरोध प्रदर्शनको क्रममा आन्तरिक मामीलामा हस्तक्षेप नगर्न र तालिबानलाई सहयोग गर्न बन्द गर्न नाराबाजी गरेका थिए ।