अन्तर्राष्ट्रिय |

भारतमा ४३ हजार सङ्क्रमित थपिए

गोरखापत्र अनलाइन
काठमाडौं, भदौ २४ गते । भारतमा गएको चौबीस घण्टामा ४३ हजार २६३ सङ्क्रमितको पुष्टि भएको छ । जसमध्ये केरला राज्यका मात्रै ३० हजार १९६ जना छन् ।
भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार गएको चौबीस घण्टामा १८ लाख १७ हजार १५९ नमूना परीक्षण गरिएकोमा ४३ हजारभन्दा बढी सङ्क्रमित थपिएका हुन । भारतमा हालसम्म कोरोनाबाट सङ्क्रमित हुने तीन करोड ३१ लाख ३९ हजार ९८१ पुगेको छ । गएको चौबीस घण्टामा ४० हजार ५६७ सङ्क्रमित निको भएका छन् । हालसम्म तीन करोड २३ लाख चार हजार ६१८ जना सङ्क्रमित निको भएका हुन् ।
भारतमा बुधबार कोरोना सङ्क्रमणबाट ३३८ सङ्क्रमितले ज्यान गुमाएका छन् । जसमध्ये केरलाका मात्रै १८१ जना छन् । भारतमा हाल तीन लाख ९३ हजार ६१४ जना सक्रिय सङ्क्रमित छन् ।