श्रीलङ्कामा देशव्यापी निषेधाज्ञा
गोरखापत्र अनलाइन
काठमाडौं, भदौ २५ गते । श्रीलङ्काले कोभिड १९ को सङ्क्रमण रोक्न देशव्यापी निषेधाज्ञा जारी गरेको छ । उसले ११ दिनको लागि देशव्यापी क्वारेन्टिन निषेधाज्ञा जारी गरेको बताइएको छ ।
श्रीलङ्काली स्वास्थ्य मन्त्री केहेलिया रामबुक्वेल्लाले सेप्टेम्बर २१ को बिहान चार बजेबाट निषेधाज्ञा हट्ने बताउनुभएको छ । कोभिड १९ कार्यदलसँगको छलफलपछ राष्ट्रपति गोटाबाया राजपाक्षेले निषेधाज्ञा जारी गर्ने निर्णय गर्नुभएको बताइएको छ । समाचार संस्था एएनआईका अनुसार श्रीलङ्कामा हाल ५८ हजार ६५६ जना कोरोनाका सक्रिय सङ्क्रमित छन् । गतवर्षको मार्च महिनादेखि हालसम्म श्रीलङ्कामा चार लाख ७७ हजार ६३६ सङ्क्रमित भएका छन् ।